वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ । उनीमाथि दैलेखको एक गाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीले अनुसन्धान प्रयोजनका लागि ती बालिकाको नाम ‘६४ वीरेन्द्रनगर’ राखेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी (प्रहरी नायव उपरीक्षक) लक्ष्मण शाहीले अलपत्र परेकी बालिका देखेपछि सुरेन्द्र बहादुरले बलात्कार गर्ने र मारिदिने योजना बनाएको अनुसन्धानबाट खुलेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया