समाज

किन आन्दोलित छ चिकित्सा शिक्षा सरोकार संघर्ष समिति, के–के छन् माग ?

इकागज |
भदौ १६, २०८० शनिबार १४:४८ बजे

काठमाडौं– चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विभिन्न माग राखी धर्ना गरिरहेको छ । विभिन्न १४ बुँदे माग राख्दै समितिले माइतीघरमा धर्ना दिएको हो ।
नियामक निकाय सिटिइभिटी र चिकित्सा शिक्षा आयोगले गरेको ज्यादतीकाविरुद्ध समिति आन्दोलित भएको हो ।

गएको साउन २७ गतेदेखि बन्द गरिएका ७३ वटा प्रमाणपत्र तह नर्सिङ कलेजहरु, प्रिडिप्लोमा तहका ४५ वटा कार्यक्रमहरुलाई स्तरोन्नति तथा अव्यवहारिक आन्तरिक कार्यविधि लागू गरी बन्द गरिएका १० वटा पिविएन र ८ वटा विएस्सी नर्सिङ कलेजहरुको भर्ना खोल्नेलगायत १४ वटा माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेको समितिका संयाेजक निर्मल सापकाेटाले जानकारी दिए ।


चिकित्सा शिक्षा ऐन संसोधन, सिटीइभीटीको पुर्नसंरचना, खुला बजार अर्थनीति अनुसार शूल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने लगायत मागहरु रहेका छन् ।
विद्यार्थीहरुले उपभोग गरिराखेको वार्षिक १३३६ जना बरावरको छात्रवृत्तिको अवसरको क्षति भएको सिर्जनशील युवा विद्यार्थीहरु तथा देशको पूँजी पलायन, प्राविधिक तथा चिकित्सा शिक्षा तथा सेवा क्षेत्रमा कार्यरत शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको रोजगारी खोसिने अवस्था रहेको उनीहरुको भनाइ छ ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको व्यानरमा भइरहेको आन्दोलनमा मेडिकल एण्ड डेण्टल कलेज एसोसियसन–नेपाल, स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया), फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजि प्राविधिक शिक्षालय महासंघले ऐक्यबद्धता जनाएका छन् । 

त्यस्तै अर्गनाइजेशन अफ पोखरा यूनिभर्सिटी एजुकेशनल इन्ष्टिच्यूसनस् नेपाल, सोसाइटी अफ त्रिभुवन यूनिभर्सिटी एफिलियटेड हेल्थ इन्ष्टिच्यूसनस्– नेपाल, एसोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूट, नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, प्राइभेट एण्ड बोर्डिङ स्कुलस् अर्गनाइजेशन नेपाल, नेपाल डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन, अभिभावक महासघ, नेपाल अप्थाल्मिक एसिष्टेन्ट सोसाइटी, हेल्थ असिष्टेण्ट एसोसियसन नेपाल, नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसियसन नेपाल (नेशनल प्याब्सन), मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल, हिसान नेपाल, स्वास्थ्य सेवा व्यवस्थापक संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले पनि समर्थन गरेको छ ।
 


Author

थप समाचार
x