सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै बालेनले दिए धम्की
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै सरकारलाई धम्की दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमा एक पाेष्ट लेख्दै बालेन उक्त धम्कीपूर्ण स्टाटस लेखेका हुन् । उनले काठमाडौँ महानगरपालिकाकाे कुनै पनि गाडी सरकारले राेकेकाे खण्डमा सिंहदरबारमा आगो लगाइ दिने बताएका छन् ।
यस्तै बालेनले `चाेर सरकार´ भन्दै आक्राेश समेत पाेखेका छन् ।
उनले भनेका छन्, 'आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया