समाज

गैंडाको खागसहित चारजना पक्राउ

इकागज |
भदौ १७, २०८० आइतबार १५:२९ बजे

काठमाडौँ- प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गैंडाको खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका-७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका-७ का पूर्ण सिंह तामाङ, काठमाडौँको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ का कर्ना तामाङलाई पक्राउ गरेको हो ।


संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७ हरहर महादेवस्थानबाट दुई जनालाई र उनीहरूको बयानको आधारमा थप दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको छ ।


Author

थप समाचार
x