समाज

महोत्तरीको बिर्ता गाउँ : १५ दिनमा १३ संक्रमितको मृत्यु

इकागज |
जेठ ११, २०७८ मगलवार २१:१७ बजे

फाइल तस्बिर

जनकपुरधाम  : महोत्तरीको भंगहा नगरपालिका ४ रामनगरस्थित बिर्ता गाउँमा कोभिड संक्रमण नियन्त्रणभन्दा बाहिर गएको छ । यहाँ १५ दिनभित्र मात्रै १३ जना संक्रमितले ज्यान गुमाइसके । १५ दिनको अवधिमा १३ जनाको ज्यान गएपछि त्यहाँ परीक्षणको दर पनि बढाइएको छ । 

पछिल्लो पटक गरिएको परीक्षणमा थप २८ संक्रमित थपिएपछि गाउँ नै सिल गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।   प्रजिअ भट्टराईका अनुसार जेठ २० गतेसम्मको लागि बिर्ता गाउँ सिल गरिएको हो ।  


उनले निषेधाज्ञासहित गाउँ सिल भएपछि आउजाउमा रोक लगाइएको पनि बताए । प्रशासनको निर्देशन उल्लंघन गरे कानुन अनुसार कारबाही गरिने बताए ।   

महोत्तरी जिल्लामा ५९ जना संक्रमितको मत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार जिल्लामा अहिलेसम्म एक हजार आठसय ९६ जना संक्रमित भइसकेको छन् ।  


Author

थप समाचार
x