बर्दघाटमा उत्पादित मिनरल वाटरमा 'कोलिफर्म' फेला
परासी- नवलपरासीको बर्दघाट नगरपालिका-७ स्थित नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गरेको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा कोलिफर्म भेटिएको छ ।
बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको हो ।
पानीमा कोलिफर्म भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।
तर, पाँच दिन बितिसक्दा पनि उद्योगले पानी फिर्ता लगेको बारे जानकारी नगराएको बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताए । पानीमा ब्याक्टेरिया भेटिएपछि नगरवासीलाई उक्त पानी नपिउन नगरपालिकाले आग्रह गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया