समाज

अन्य पुरुषसँग सम्बन्ध राखेकाे भन्दै ढुंगाले किचेर श्रीमतीकाे हत्या

इकागज |
भदौ १८, २०८० सोमबार ८:३६ बजे

इस्लामबाद। पाकिस्तानको पञ्जाव प्रान्तमा यौन  व्यभिचार गरेको आरोपमा एक महिलालाई ढुङ्गाले कुचेर हत्या गरिएको छ । यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जावको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सम्बन्ध राखेको आरोप लगाएका थिए । शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई सुरुमा रुखमा बाँधे अनि ढुङ्गाले हानीहानी  हत्या गरे । ढुङ्गाले हिर्काउनुअघि उनीहरुले ती महिलालाई निर्मम यातना समेत दिएका थिए । अपराध गरे पछि दुवै दाजुभाइ फरार छन् । उनीहरु पञ्जाव र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ ।


महिला राजनपुरको अल्कानी जनजातिकी हुन् । पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ । मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको 'अनर किलिंग'को नाममा हत्या हुने गरेको छ । पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा याैन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ। यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ ।


Author

थप समाचार
x