६० किलो सुन प्रकरणः पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई सिआइबीले लियो बयान
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । सोमबार सिआइबी कार्यालयमा बोलाएर उनलाई तीन घण्टा बढी बयान लिएको सिआइबीका एक प्रहरी अधिकृतले इकागजलाई जानकारी दिए ।
'हिजो दिपेश पुनलाई सोधपुछ गरिएको हो,’ उनले भने । उनलाई नियन्त्रणमा लिएर छोडिएको ती प्रहरी अधिकृतको भनाइ छ ।
६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो । दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने भएकाले सोधपुछ गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया