समाज

२५ हजार घुससहित विद्युत् प्राधिकरण इनरुवाका फोरम्यान पक्राउ

इकागज |
भदौ १९, २०८० मंगलबार १८:१० बजे

सांकेतिक तस्बिर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ ।

महतोले उद्योगमा विद्युत् क्षमतावृद्धि गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसवापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।


Author

थप समाचार
x