समाज

'मानव बेचबिखनको विषयमा आम रूपमा बहस गर्नुपर्छ'

इकागज |
भदौ १९, २०८० मंगलबार २०:३० बजे

काठमाडौँ- कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले मानव बेचबिखनको विषयमा आम रूपमा बहस गर्नुपर्ने बताएकी छन् ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित ‘बेचबिखनमा प्रभावितको अधिकार र क्षतिपूर्तिमा पहुँच’सम्बन्धी अन्तरक्रियामा सो कुरा बताएकी हुन् । उनले आवश्यकता र मागअनुसार मानव बेचबिखन सम्बन्धमा कानुनी छलफल भए पनि त्यो पर्याप्त नभएको बताइन् ।


महिला अधिकारकर्मी चरिमाया तामाङले तीनै तहको सरकार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा प्रभावकारी रूपमा सक्रिय रहनुपर्ने भन्दै विदेशस्थित नेपाली राजदूतावासमा मानव बेचबिखनविरुद्ध एकाइ बनाउन आवश्यक रहेको बताइन् ।

सङ्गठित अपराधका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधकाे स्वरूप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुनलाई एकीकृत कानुनको आवश्यक रहेको बताएका छन् । पछिल्लो समयमा नेपाल–भारतको खुल्ला सिमानामा साथै त्रिभुवन विमानस्थलबाट पनि मानव बेचबिखन तथा ओसारपसारका गतिविधि भइरहेको उनीहरूको भनाइ छ ।


Author

थप समाचार
x