मोटरसाइकल चोरीमा संलग्न दुई जना काठमाडौँबाट पक्राउ
काठमाडौँ- मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका-१६ बालाजुस्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको सुर्यगढी गाउँपालिका-२ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका-२ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत जेठ २ गते काठमाडौँको मनमैजुबाट बागमती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौँकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो ।
उक्त मोटरसाइकलहरू खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले मोटरसाइकलसहित फेला पारी आज दिउँसो नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाइएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया