समाज

काठमाडौँ-१६ का वडाध्यक्ष रिजालको भाइरल निमोनियाले निधन : डाक्टर विजुक्छे

इकागज |
भदौ २१, २०८० बिहीबार १०:५६ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निमोनियाले निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेका अनुसार रिजालको सिभियर निमोनिया (भाइरल निमोनिया) कारण निधन भएको हो । 

वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७:३० बजे निधन भएको विजुक्छेले जानकारी दिए ।


नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए । 

र, यो पनि


Author

थप समाचार
x