वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा शुक्रबार शोक बिदा
काठमाडौँ– काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार शोक बिदा दिने भएको छ । महानगरले बिहीबार एक विज्ञप्ति जारी गर्दै शोक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार निधन भएको थियो । रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएर उपचार गरिरहेका अस्पतालले जनाएको छ । उनलाई १७ भदौमा फोक्सोमा निमोनिया भई उपचार भइरहेको थियो ।
मृतक रिजाल अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया