समाज

बलात्कार आरोपमा दुईजना पक्राउ

इकागज |
भदौ २२, २०८० शुक्रबार १३:४६ बजे

काठमाडौं। उदयपुर र झापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् । उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


झापामा२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x