समाज

उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत

इकागज |
भदौ २२, २०८० शुक्रबार १९:१५ बजे

काठमाडौँ- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै उद्योग मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताइन् ।

जनवादी गणतन्त्र चीनको बेइजिङमा यही भदौ २६ देखि २९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको उनले जानकारी दिइन् । 



Author

थप समाचार
x