स्रोत नखुलेको २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
जनकपुरधाम- धनुषा प्रहरीले स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सरायमा बस्ने २० वर्षीय राजेश साह रहेका छन् ।
शुक्रबार दिउँसो करिब डेढ बजेको समयमा एक भारतीय नागरिक नेपाली रुपैयाँ पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका-४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाएका छन् ।
युवकलाई चेकजाँच गर्दा उनले पिठ्युँमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले बताए । बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया