गौहत्याको विरोध गर्दै काठमाडौँमा सद्भाव र्याली
काठमाडौँ- गौहत्याको विरोध गर्दै काठमाडौँमा सद्भाव र्याली निकालिएको छ ।
वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो । र्यालीमा सहभागी भएकाहरूले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरूले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।
नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरूले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको र्यालीमा सहभागीहरूले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरूले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया