समाज

सर्लाहीकाे मलगंवामा आज साँझदेखि कर्फ्यु

इकागज |
भदौ २३, २०८० शनिबार १७:२३ बजे

सर्लाही- सर्लाहीकाे सदरमुकाम मंलगवामा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरेको हो । 

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा हिजो शुक्रबार बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि सुरु हुने कर्फ्यु भोलि बिहान  ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो । 


सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कर्फ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।

यद्यपि, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ । 
 


Author

थप समाचार
x