कञ्चनपुरको बेलौरीबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद
कैलाली । प्रहरीले शनिबार साँझ कञ्चनपुरको बेलौरीमा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर बाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतकाे कमाण्डमा रहेकाे सादा पोशाकमा खटिएको टोलीले ४७.८५ ग्राम ब्राउनसुगर सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–९ कलकत्ता बजारबाट भारतबाट नेपाल तर्फ आउदै गरेका सोही नगरपालिका १० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई शंका लागि चेकजाँच गर्दा ४७.८५ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले हमाललाई पक्राउ गरेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया