समाज

दार्चुलाकाे शैल्यशिखर-२ का वडासचिव मृत फेला

इकागज |
भदौ २५, २०८० सोमबार १६:८ बजे

कैलाली । आइतबार बिहानै घरबाट डडेल्धुरा हिँडेका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. २ का वडा सचिव  खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर–२ रौतेउडा घरभएका २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका ५ सल्सेनामा मृत भेटिएका हुन्  ।

आइतबार  बिहान डडेल्धुरा तालिमका लागि हिँडेका कपाडीको शव र  मोटरसाइकल सोमबार भेटिएको हो । मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको प्रहरीले  जनाएको  छ । कपाडी सोमबार  बिहान ४ बजे घरबाट हिँडेको  पारिवारिक स्रोतले  बताएको  छ ।


कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x