समाज

किड्जीले गर्यो 'जोएफुल पेरेन्टिङ'का बारेमा प्यनाल छलफल

इकागज |
भदौ २५, २०८० सोमबार १७:२ बजे

काठमाडौँ – किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा 'जोएफुल पेरेन्टिङ इन मोर्डन टाइम्स' विषयमा प्यानल छलफल सम्पन्न गरेको छ ।

बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरूलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरिएको हो । कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई प्रारम्भिक इन्टरभेसनको महत्व को बारेमा पनि छलफल भएको थियो ।


कार्यक्रमका मुख्य वक्ताहरू डा.मञ्‍जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे)  कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) सुनिता चौहान (सामाजिक अभियन्ता)  नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरूक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिईसकेको छ ।

किड्जी नेपालका पाँच ठूला शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघि बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जीको सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।


Author

थप समाचार
x