समाज

६० किलो सुन प्रकरण :

रेडी ट्रेडविरूद्ध साढे ३ अर्ब विगो कायम गरेर मुद्दा दायर गर्न माग

इकागज |
भदौ २७, २०८० बुधबार १२:२२ बजे

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा रेडी ट्रेड कम्पनीविरूद्ध साढे ३ अर्ब विगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ । बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न राय दिएको हो ।


विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको सीआईबीले जनाएको छ । उक्त कम्पनी दोलखाका दिलीप भुजेलको नाममा दर्ता भए पनि  असली मालिक भने अरु नै रहेको सीआईबीले जनाएको छ ।

त्यसैगरी सीआईबीले चिनियाँ समूहले 'ब्रेक शु'बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ‘ब्रेक प्याडहरलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ’ सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन् ।

त्यस्तै सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष अमला रोकालाई पनि प्रतिवादी बनाउन लागेको बताइएको छ ।


Author

थप समाचार
x