समाज

६० किलो सुन प्रकरण :

दैनिक १८ घण्टासम्म अनुसन्धान गरेका थिए सीआईबीका ४२ जनाको टोलीले

इकागज |
भदौ २७, २०८० बुधबार १२:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी)ले ६० किलो ७१६ ग्राम सुन तस्करीको अनुसन्धान ३५ दिन गरेको छ ।  बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँलाई प्रतिवेदन बुझाउनुअघि गरिएको पत्रकार सम्मेलनमा ३५ दिन लगाएर अनुसन्धान गरिएको जानकारी गराइएको हो ।

४२ जनाको टोलीले ३५ दिन लगाएर अनुसन्धान गरेको सीआईबी प्रमुख किरण बज्राचार्यले बताइन् । उनका अनुसार तीन टोली बनाएर अधिकृतहरू अनुसन्धानमा खटिएका थिए । फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । उनीहरूले दैनिक करिब १८ घण्टासम्म काम गरेका थिए ।


त्यस्तै सुन संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने बताएको छ ।

त्यस्तै रेडी ट्रेड कम्पनीविरूद्ध साढे ३ अर्ब विगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ । सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न राय दिएको हो ।

विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको सीआईबीले जनाएको छ । उक्त कम्पनी दोलखाका दिलीप भुजेलको नाममा दर्ता भए पनि  असली मालिक भने अरु नै रहेको सीआईबीले जनाएको छ ।

त्यसैगरी सीआईबीले चिनियाँ समूहले 'ब्रेक शु'बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ‘ब्रेक प्याडहरलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ’ सीआईबी प्रमुख किरण बज्राचार्यले भनिन् ।

त्यस्तै सीआईबीले सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सुन प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष अमला रोकालाई पनि प्रतिवादी बनाउन लागेको बताइएको छ ।

र, यो पनि


Author

थप समाचार
x