समाज

मकवानपुरमा डाक्टर कुटेकाे आराेपमा चार जना पक्राउ

इकागज |
भदौ २८, २०८० बिहीबार १४:५९ बजे

मकवानपुर । मकवानपुरकाे हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार बिहान ८/१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डाक्टरहरू थापा र  बिडारीमाथि मुक्का प्रहार गर्दा डा. थापा र डा. बिडारी घाइते भएका थिए । डाक्टरमाथि आक्रमणमा संलग्न मध्येका रमा प्रधान, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए ।


प्रशासन र प्रहरीले दोषीलाई कार्वाहीको चासो नदेखाउनु ,उजुरी दर्ता गर्नुको सट्टा दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको मकवानपुरका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र प्रहरी प्रमुख (एसपी) सीताराम रिजालको भूमिकालाई लिएर चर्को आलोचना भइरहेको अवस्थामा घटनामा संलग्नलाई पक्राउ गरिएको छ । 

 बुधबार अबेरसम्म वार्ताको नाममा पीडित डाक्टरहरुलाई नै हतोत्साहित गर्ने काम भएपछि बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सञ्चालकहरुले छलफल गरी सामूहिक रुपमा मुद्दा दर्ता गर्ने निस्कर्षमा पुगेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ मकवानपुरका अध्यक्ष भोला चौलागाईले बताएका थिए ।


Author

थप समाचार
x