कोभिडले सेनाका जर्नेल केसीको मृत्यु
फोटो : पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीको फेसबुकबाट
काठमाडौँ : कोभिड-१९ संक्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेश कुमार केसीको मृत्यु भएकाे छ । कोभिड संक्रमित सेनाको १३ नम्बर बाहिनी जावलाखेलका सहायक रथी केसीको बिहीबार बिहान सैनिक अस्पताल छाउनीमा मृत्यु भएको हो ।
उनको गम्भीर अवस्थामा उपचार भइरहेपनि ज्यान गएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सहायक रथी केसीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । अहिलेसम्म कोभिडबाट नेपाली सेनामा कार्यरत ६ जनाको मृत्यु भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया