तिनकुनेमा चार जनाको हत्या प्रकरण : आशंकामा थप एक जना पक्राउ
काठमाडौं– शुक्रबार राति काठमाडौंको तिनकुनेमा चार जनाको हत्या अभियोगमा थप एक पक्राउ परेका छन् । सिसिटिभी फुटेजको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्यामा संलग्न भएको व्यक्ति उनी भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आज भक्तपुरको लोकन्थलीबाट पत्रउ गरिएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा गठित उक्त समितिमा काठमाडौँ परिसरका हरी नायव उपरीक्षक हरि खतिवडा, उपत्यका प्रहरीका नायव उपरीक्षक सुवास खड्का, पत्यका अपराध अनुसन्धानका नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।
उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ ।
गैरीगाउँस्थित दिव्या सःमिलभित्र धारिलो हतियार प्रहार गरि एकै परिवारका तीन जनासहित चा जनाको सामुहिक हत्या गरिएको थियो । सो घटनामा दोलखामा ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ की अम्बिका भुजेल र उनकी आमा वर्ष ७६ की शुभद्रा भुजेलसहित मोरङ बेलबारीका २० वर्षका नविन राईको हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया