समाज

९ सय किलो गाँजा बरामद, दुई भारतीय नागरिक नियन्त्रणमा

इकागज |
भदौ ३१, २०८० आइतबार १५:२१ बजे

मकवानपुर । मकवानपुरमा प्रहरीले  ९ सय किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरले ९ सय १९ किलो ३ सय २४ ग्राम लागूऔषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतीयलाई नियन्त्रणमा लिएको हो । भदौ ३१ गते आइतबार बिहान ४ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१०, पूर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्कबाट सशस्त्र प्रहरीले उक्त परिणामको गाँजासहित कन्टेनर ट्रक २ जना भारतीयलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अनिल कार्कीले जानकारी दिए । प्रहरीले चालक भारत बलरामपुर जिल्ला बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सह चालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई नियन्त्रणमा लिएको जनाएको छ ।


१४ नम्बर गण हेटौंडाका सुमन ठकुरीको कमाण्डमा खटिएको ७ टोलीले चितवकोबाट वीरगज तर्फ जादै गरेको एनएल ०१ एसी २१४५ नम्बरको डिब्बावाल कन्टेनरबाट गाँजा बरामद गरेको हो । ट्रकको जाँच गर्दा ड्राईभर तर्फ २ फिटको फल्स बटम बनाई लागुऔषध गाँजा ल्याएको अवस्थामा फेला पारेको हो । 

प्रहरीले यादव र वर्माको साथबाट नेपाली ५ हजार ७ सय रुपैयाँ र भारतिय ८ हजार ६ सय ३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको जानकारी दिएको छ ।


Author

थप समाचार
x