समाज

अब पशुपतिनाथमा पार्किङको पैसा नलाग्ने

इकागज |
असोज १, २०८० सोमबार १७:२० बजे

काठमाडौँ– सरकारले पशुपतिनाथको बसपार्कमा पार्किङ निःशुल्क गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै पशुपतिनाथको बसपार्कमा पार्किङ निःशुल्क गरिएको जानकारी दिएका छन् । 

उनले लेखका छन्, ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकाले सम्झौता भंग गरिसकिएको छ । अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ निःशुल्क गरिएको जानकारी गराइन्छ ।’



Author

थप समाचार
x