समाज

काठमाडौँमा द्रुत बस सेवाको उद्घाटन

भोलिदेखि सुर्यविनायकबाट रत्नपार्क ४५ मिनेटमै पुगिने {भिडियोसहित}

इकागज |
असोज ३, २०८० बुधबार ११:२१ बजे

काठमाडौँ- सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा शुरु गरेको छ ।

संविधान दिवसको अवसर पारेर बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका छन् । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ ।


द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहिबारबाट मात्रै सञ्चालनमा आउनेछ । उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लगायतले यात्रा गरेका छन् ।

द्रुत बस सेवा ५/५ मिनेटको फरकमा छुट्नेछन् । ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । द्रुत बस रातो रंगले पोतिएको लेनमा बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
 


Author

थप समाचार
x