एनसेलले मनायो विभिन्न सहरहरूमा तीज कार्यक्रम
काठमाडौं – एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरूमा सांगीतिक कार्यक्रमको आयोजना गरी ठूलो उत्साह र उमङ्गका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ ।
तीज कार्यक्रम कम्पनीको १८ औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो ।
तीज हिन्दु महिलाहरूले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो । एनसेल विशेष अवसरका खुसीहरूलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ ।
एनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार एनसेलले विभिन्न चार सहरहरू सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमहरूमा सर्वसाधारण बाहेक विशेष गरी महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले सांगितिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानिय कलाकारहरूको गीतसंगित प्रस्तुतिमा नाचगान गर्दै भरपुर मनोरञ्जन लिएका थिए ।
ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो ।
स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरू लिन सक्ने व्यवस्था रहेको थियो । एनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको हो ।
कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।
‘हामी तपाईंकै लागि’ थिम अनुरुप आफ्ना ग्राहकहरूसँग सुमधुर सम्बन्ध बढाउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया