समाज

काभ्रेको मण्डनदेउपुरमा भोलि 'थकाइ' बिदा

इकागज |
असोज ३, २०८० बुधबार २१:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नवौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै नगरपालिकाले सार्वजनिक बिदा दिएको हाे ।


‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर–सरकारी संस्थाहरूलाई बिदा गरिएको छ,’ सूचनामा भनिएको छ ।


Author

थप समाचार
x