समाज

काठमाडौँ महानगरका नगर प्रहरीले सामुदायिक विद्यालयमा गरे अनुगमन, शिक्षा विभागलाई रिपोर्ट बुझाउने

इकागज |
असोज ४, २०८० बिहीबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरका नगर प्रहरीले सामुदायिक विद्यालयको अनुगमन गरिरहेको छ । नेपाल शिक्षक महासंघले आव्हान गरेको आन्दोलनमा महानगर भित्रका शिक्षक सहभागी भएपछि विद्यालय खुलेको नखुलेको अनुगमन गर्नका लागि नगर प्रहरी गएका हुन् ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगर भित्रका विद्यालय बन्द वा खुलेका छन त्यसको अनुगमन गरिरहेको बताए ।


‘सबै वडाको विद्यालय अनुगमन गरिरहेका छौ । विद्यालय खुलेको वा नखुलेको त्यसको रिपोर्ट शिक्षा विभागमा बुझाउनेछौ,’ उनले भने । महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन् ।

उनका अनुसार शिक्षा विभागलाई रिपोर्ट बुझाउँछौ । कारबाही गर्ने या नगर्ने जिम्मा विभागको रहेको छ ।

महानगरले आजदेखि विद्यालय बन्द नगरी पठनपाठन सुचारु गर्न आग्रह गरेको थियो । त्यसैगरी महानगरभित्रका विद्यालयका प्रधानाध्यापकले नेपाल शिक्षक महासंघले गरेको आन्दोलनमा सहभागी हुने जनाएका थिए ।

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी विधेयक असन्तुष्टि जनाउँदै हिजोदेखि आन्दोलन गरिरहेको छ ।

 


Author

थप समाचार
x