समाज

शिक्षक आन्दोलनले अस्तव्यस्त बन्यो सवारी आवागमन (भिडियोे)

इकागज |
असोज ४, २०८० बिहीबार १३:५९ बजे

काठमाडौं– विभिन्न माग राख्दै शिक्षकहरुले गरेको आन्दोलनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौँको मुख्य क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको हो ।
आन्दोलनका कारण सो क्षेत्रमा यातायात ठप्प बनेको छ भने वैकल्पिक सडकहरुमा समेत सवारी साधनको लामो जाम भएको छ ।
यसअघि शिक्षक महासंघको नेतृत्वले आन्दोलनको रुट व्यवस्थापन लागि गृहमन्त्रीसँग आग्रह गरेको थियो । तर व्यस्त सडक खण्ड माइतीघरदेखि बानेश्वर क्षेत्रमा नै आन्दोलन भएपछि सवारी आवागमन अस्तव्यस्त हुन पुगेको हो । 
 



Author

थप समाचार
x