काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्योः बैंकको विवरण, ओटीपी , पिन र सेक्युरीटी कोड कसैलाई नदिनू
तस्विरः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय
काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकको विवरण, ओटीपी कोड, पिन कोड र सेक्युरीटी कोड कोही कसैले मागेमा नदिनलाई आग्रह गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत वित्त अपराधका घट्ना बढ्दै गएकाले कसैले बैंकको विवरण मागेमा उपलब्ध नगराउन अनुरोध गरेको हो ।
फेसबुक, भाइबर, इमो, ह्यवाट्सएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको र बैंक तथा वालेटको कर्मचारी भनेर ओटीपी कोड माग्ने गरेकाले त्यस्ता शंकास्पद गतिविधिमा सहभागी नहुन र आफ्नो विवरण नदिन पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
‘डलर देखाई नेपाली पैसा साटने, बिदेश पठाउने / बोलाउने बहानामा ठगि गर्ने कार्यहरु बढिरहेकोले यस्ता झुट्टा आश्वासन र प्रलोभन युक्त गैरकानुनी कार्यबाट सावधान रहनुपर्छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुरोध गर्दै भनेको छ,’ यस्ता प्रकृतिका अपराधबाट बच्नको लागि व्यक्तिगत विवरण, बैंक विवरण ओटीपी कोड, पिन कोड र सेक्युरिटी कोड कसैलाई दिन हुँदैन ।‘
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया