समाज

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्नेहरू प्रहरी नियन्त्रणमा

इकागज |
असोज ५, २०८० शुक्रबार १४:३६ बजे

काठमाडौँ- विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा शिक्षकहरूले गरेको आन्दोलनप्रति समर्थन जनाउँदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै उनीहरूले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।


यसैबीच प्रहरीले आन्दोलनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई प्रहरीले दुर्व्यवहार र हातपात गरेका छन् । विद्यार्थीहरूको आन्दोलनको दृश्य कैद गर्ने क्रममा आफ्नो सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र देखाउँदा प्रहरीले दुर्व्यवहार र हातपात गरेको हो । 


Author

थप समाचार
x