तुलसीपुरमा गाडी साहुमाथि खुकुरी प्रहार
सांकेतिक तस्बिर
बुटवल- तुलसीपुरमा एक जना गाडी साहुमाथि खुकुरी प्रहार भएको छ । गाडी धनी तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाका ३४ वर्षीय रणदेब बस्नेतमाथि बिहीबार मध्य राति तुलसीपुर–५ स्थित बसपार्कमा खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट बस्नेतको हातको नाडीमा गहिरो घाउ भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार चिकित्सकले घाइते बस्नेतको नाडीको नसा पनि काटिएको जानकारी दिएका छन् ।
घाइते गाडी धनी बस्नेतलाई राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो । बस्नेतमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तुलसीपुर–१० राइखलियानका २८ वर्षीय राममणी चौधरीलाई घटना लगतै नियन्त्रणमा लिएको थियो ।
तुलसीपुर बसपार्कका प्रहरी इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्तोष आचार्यले पक्राउ चौधरीले नै बस्नेतमाथि ११ : ५५ बजे बसपार्कस्थित हिमालयन होटल नजिकै खुकुरी प्रहार गरेको जानकारी दिए । सोही घटनामा संलग्न रहेका तुलसीपुर–६ सुकौरा रोड बस्ने २७ वर्षीय नबिन परियारलाई शुक्रबार बिहान घोराही उपमहानगरपालिका–१० नारायणपुरमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया