समाज

कालिकोटमा बाख्रा चराउन गएकी महिलाको मृत्यु

इकागज |
असोज ५, २०८० शुक्रबार १४:४७ बजे

सांकेतिक तस्बिर

सुर्खेत- कालिकोटमा बाख्रा चराउन गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । पचालझरना गाउँपालिका-४ की ५९ वर्षीया रतना रोकायको भीरबाट लडेर ज्यान गएको हो ।

बिहान बाख्रा चराउन गएकी रोकायको दिउँसो भीरबाट लडेको भएता पनि बेलुका मात्र थाहा भएको वडा नम्बर ४ का वडाध्यक्ष अनुरुप रोकायले जानकारी दिए । वडाध्यक्ष रोकायका अनुसार ती महिलाको दुई सय मिटर तल भीरबाट लड्दा ज्यान गएको हो ।


‘घर नजिकै हिजो बिहान खाना खाएर बाख्रा चराउन जानुभएको रहेछ, दिउँसो लडेर मृत्यु भयो,’ वडाध्यक्ष रोकायले भने, ‘उक्त ठाउँमा अर्काे एक जना बाख्रा चराउन गएको रहेछ उनले देखेपछि मात्र ती महिलाको मृत्यु भएको थाहा भयो ।’

वडाध्यक्ष रोकायका अनुसार शव पोष्टमार्टम गरिसकिएको र आज दाहसंस्कारको लागि तयारी गरिएको छ ।


Author

थप समाचार
x