समाज

रौतहट प्रशासनले भन्यो : हावाहुरी र बाढीको खतरा छ सतर्क रहनू

इकागज |
जेठ १३, २०७८ बिहीबार २१:९ बजे

जनकपुरधाम : जिल्लामा धेरै पानी पर्न सक्ने सम्भावना रहेकोले हावाहुरी र बाढीबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ । बिहीबार एक सूचना जारी जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि शनिबारसम्म जिल्लाका अधिकांश क्षेत्रमा भारी वर्षा हुने संभावना रहेकोले प्रशासनले यस्तो आग्रह गरेको हो ।   

स्थानीय प्रशासनले स्थानीय नदिमा बाढी आउन सक्ने, डुबान हुन सक्ने भएकोले त्यसतर्फ नजान पनि भनेको छ ।  प्रशासनले बागमती, लालबकैया लगायतका खोला, नदिमा बाढी आउन सक्ने सूचना प्राप्त भएको बताएको छ ।   


 


Author

थप समाचार
x