विद्युतको पोलमा झुण्डिएको अवस्थामा मृत फेला परिन् १९ वर्षीया किशोरी
फाइल तस्बिर
बैतडी- बैतडीमा एक १९ वर्षीया किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन् ।
घरभन्दा डेढ सय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । शुक्रबार दिउँसो एक बजेतिर उनी मृत अवस्थामा फेला परेकी हुन् ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत विष्ट मृत्युको कारण भने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया