मातृभूमिद्वारा गुरुङ र चालिसेलाई सम्मान
मकवानपुर- मातृभूमि साहित्य समाज मकवानपुरले “मातृभूमि राष्ट्रिय सम्मान २०८०” यस वर्ष वरिष्ठ संस्कृतिविद् प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. जगमान गुरुङलाई प्रदान गरेको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गर्ने मातृभूमि राष्ट्रिय सम्मानद्वारा गुरुङलाई नगद २५ हजार १ रुपैयाँ राशिको पुरस्कारले सम्मान गरिएको हो । नेपाली संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत गुरुङलाई उक्त सम्मानले शनिबार हेटौंडामा सामाजिक विकास मन्त्री कुमारीद्वारा नगद प्रमाणपत्र र दोसल्लाले सम्मानित गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङ नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुन । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवम् अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।
यसैगरी संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको “मातृभूमि लघुकथा रत्न सम्मान–२०७९” लघुकथालयका वरिष्ठ लघुकथाकार विदुर चालिसेलाई प्रदान गरिएको छ । प्राध्यापन पेशाबाट सेवा निवृत चालिसेले लघुकथाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन । चालिसेका नेपाली भाषामा प्रकाशित विभिन्न लघुकथा सङ्ग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित छन् ।
शनिबारनै मातृभूमि साहित्य समाजको २५औँ वार्षिकोत्सवको अवसर समाजको वेबसाईट उद्घाटन गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया