समाज

अवैध औषधि बिक्रेता पक्राउ

इकागज |
असोज ७, २०८० आइतबार १९:२४ बजे

कञ्चनपुर- कञ्चनपुरमा अवैध औषधि बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षीय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए । चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधिसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।


चौधरीलाई कारबाहीका लागि औषधि विभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त मेडिकलमा अवैध औषधि फेला पारेको हो । साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x