समाज

फिनल्याण्ड सरकारद्वारा स्वास्थ्य सामग्री प्रदान

इकागज |
जेठ १४, २०७८ शुक्रबार १०:३४ बजे

काठमाडौँ : फिनल्यान्ड सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ । तीन लाख ५० हजार एफ पीपीइ मास्क, एक लाख 'एन ९५' मास्क , दुई लाख ३२ हजार ५ सय पन्जा, ३० हजार गाउन, २४ लाख ९८ हजार फेस मास्क र तीन लाख ५० हजार फेस सिल्ड लगायतका सामग्री आइपुगेकाे हाे।

फिनिस सरकारले पठाइएको चार्टड विमानमा ती सामग्री शुक्रबार नेपालस्थित फिनल्याण्डका राजदूत प्रेटी एन्टीनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।


मन्त्री त्रिपाठीले संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गरे । दुवै देशको मैत्रीपूर्ण सम्बन्ध भएकाले फिनल्यान्ड जनता र सरकारप्रति उनले आभार प्रकट गरे । यो सहयाेग दुवै मुलुकका जनता र विकासका लागि साझेदारीको प्रतिक रहेको उनको भनाइ छ । पछिल्लो समय युराेपेली मुलुकबाट यस्ता सहयोग आएको भए पनि सरकारले खोपमा भने जोड दिन सकेको छैन । खोप नहुँदा एक डोज लगाएर बसेकाहरू निरश बनेका छन् । 

 


Author

थप समाचार
x