समाज

डेंगी संक्रमणबाट थप एकको निधन

इकागज |
असोज ८, २०८० सोमबार १७:१० बजे

पाल्पा- डेंगी संक्रमणबाट पाल्पामा सोमबार थप एक जनाको निधन भएको छ । ज्यान गुमाउनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएकोमा उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।


डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।


Author

थप समाचार
x