समाज

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

इकागज |
असोज ८, २०८० सोमबार १७:५६ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ ।

पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेशकुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।


अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए । सशस्त्रको जागिर छोडेपछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए ।

सिंहले रक्सी पसल छोडेर अहिले गाउँमै खेतिपाती गर्दै आएका थिए । सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x