ईःको आन्दोलनमा पुगेर थापाले भने– ईःले उठाएका मुद्दा जायज छन्
काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि काठमाडौँ महानगरविरुद्ध आन्दोलन गरिरहेका अभियन्ता ईःलाई साथ दिएका छन् । आन्दोलनको ८औँ दिनमा राष्ट्रिय सभागृह पुगेर थापाले ईःको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।
उनले छातीमा ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ। ईः ले उठाएका मुद्दा जायज छन्। सडक, फुटपाथमा जथाभावी पसल थाप्न मल्दैन। तर राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’ लेखिएको प्लेकार्ड टाँसेका थिए ।
ईःसँग वार्ता गर्न मंगलबार काठमाडौँ महानगरले वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षसँग उपमेयर सुनिता डंगोलले पनि आज बिहान भेट गरेकी छन् ।
ईः लगायत अभियन्ताहरू विगत ८ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । उनीहरू काठमाडौँ महानगरले फुटपाथ व्यापारीलाई व्यापारका लागि निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया