समाज

अभियन्ता ईः र काठमाडौँ महानगरबीच वार्ता सुरु, ईः र मेयर बालेन अनुपस्थित

इकागज |
असोज ९, २०८० मंगलबार १५:१३ बजे

तस्बिर : गणेश कार्कीकाे फेसबुकबाट ।

काठमाडौँ– अभियन्ता ईः र काठमाडौँ महानगरबीच वार्ता सुरु भएको छ । सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरबीचको टोलीबीच वार्ता सुरु भएको हो । 

वार्तामा मुख्य आन्दोलनकारी ईः र मेयर बालेन शाह उपस्थित छैनन् । आन्दोलतरत पक्षका तर्फबाट अधिवक्ताद्वय सञ्जय अधिकारी र प्रज्वला कार्की तथा सुजन गिरी, गोविन्द नारायण सहरी पूर्वाधार विज्ञ राज महर्जन सहभागी छन् । महानगरका तर्फबाट दुई जना वडाध्यक्ष, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलगायत रहेका छन् ।


आन्दोलनरत पक्षसँग उपमेयर सुनिता डंगोलले पनि आज बिहान भेटेर वार्ताका लागि सहजीकरण गर्ने बताएकी थिइन् । 

ईः लगायत अभियन्ताहरू विगत ८ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् । उनीहरू काठमाडौँ महानगरले फुटपाथ व्यापारीलाई व्यापारका लागि निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
 


Author

थप समाचार
x