८० केजी गाँजासहित मकवानपुरमा चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका-१४ कालिका खोल्साबाट २ जना र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१४ कालिका खोल्साबाट मंगलबार लागूऔषध गाँजा ६० केजीसहित हेटौंडा–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका–१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको उनले बताए ।
यसैगरी, प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध गाँजा २० केजीसहित २ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ । चितवन राप्ती नगरपालिका–३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजालाई उक्त परिणामको गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ प्रवक्ता भण्डारीले बताए ।
ती दुवै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया