समाज

बालेनले भनेः हजार जनाका लागि ५० लाख मानिसको अधिकार हनन गर्न सकिँदैन

इकागज |
असोज १०, २०८० बुधबार १७:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले एक हजार व्यक्तिका लागि ५० लाख मानिसको फुटपाथमा हिँड्ने अधिकार हनन गर्न नसकिने बताएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा लेख्दै ५० लाख मानिसको हिँड्ने अधिकार र तिनलाई जोखिममा राख्‍न नसिकने बताएका हुन् ।

‘कल सेन्टरमा आएका २० प्रतिशत भन्दा ज्यादा गुनासोहरु जुन करिब १००० जति छन्, ती सबै फुटपाथबाट व्यापार व्यवसाय हटाउने सम्बन्धितका छन्,’ उनले भनेका छन् ।


केही दिनदेखि यता निरन्तर राष्ट्रिय सभागृह अगाडि उभिएका ई: लाई लक्षित गरी उनलाई शाहले कोहीबाट परिचालित अथवा कुनै पार्टीबाट प्रायोजित नभएको समेत उल्लेख गरेका छन् । ‘कसैले प्रायोजित भने पनि हामीले पत्याउँदैनौ,’ उनले लेखेका छन् ।

 

 

 


Author

थप समाचार
x