सर्वोदयले दृष्टिविहिन कलाकारको प्रस्तुति गर्ने
काठमाडौँ - सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) समूहले दृष्टिविहिन कलाकारहरूको प्रतिभालाई प्रस्तुत गर्ने भएको छ ।
आगामी शनिवार नेशनल कलेजमा 'अदृश्य मोतीहरू' नाम कार्यक्रम आयोजना गरेर दृष्टिविहिन कलाकार नृत्य तथा प्रतिभा प्रस्तुति गर्ने भएको हो ।
संस्थाका कार्यकारी निर्देशक सौरभ तिवारीले कलेजमा दृष्टिविहिन कलाकारको प्रस्तुति गर्ने जानकारी दिए ।
गरीमा विकास बैङ्कको प्रमुख प्रायोजनबाट हुने कार्यक्रमबाट सङ्कलीत सम्पूर्ण रकम दृष्टिविहिन विद्यार्थीहरूका निम्ति परिक्षामा लेखन सहयोगी व्यवस्थापन गर्नका निम्ति खर्च गरिने संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा फुड डेलिभरी पार्टनरका रूपमा भोज डिल्स, विकास बैङ्क पार्टनरका रूपमा महालक्ष्मी विकास बैङ्क, अभ्रोड स्टडी पार्टनरका रूपमा ग्रेस इन्टरनेशनल, बेब्रेज पार्टनर कोकाकोला नेपाल, हिलिङ पार्टनर हिलिङ काठमाण्डौ, नलेज पार्टनर नेशनल कलेज, कम्युनिटी पार्टनर लिओ क्लब अफ कान्तिपुर काठमाण्डौ, एप पार्टनर हाम्रो पात्रो र मिडिया पार्टनरका रूपमा इकागज रहेका छन् ।
त्यसैगरी, कसर्भिस माण्डुको पनि सहयोग रहेको छ ।कार्यक्रममा दृष्टिविहिन कलाकारहरूले गित, नाच, कविता, गजल र प्रेरणादायि वक्त्रित्व समेत प्रस्तुत गर्ने संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले जानकारी दिए ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीको प्रमुख आतिथ्यता रहने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया