बागचन्दको अध्यक्षतामा सूचनाको हकका लागि राष्ट्रिय महासंघ
काठमाडौँ- उमिद बागचन्दको अध्यक्षतामा सूचनाको हकका लागि राष्ट्रिय महासंघको २७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ ।
काठमाडौँमा शुक्रबार भएको महासंघको पहिलो राष्ट्रिय महाधिवेशनले बागचन्दको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
महाधिवेशनमा ७७ जिल्ला र ८ वटै प्रदेश (उपत्यका) का प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यसमितिमा उमिद बागचन्द अध्यक्ष चयन हुँदा वरिष्ठ उपाध्यक्षमा तारा बहादुर भण्डारी, उपाध्यक्षमा वृजराज कुशवाह, उपाध्यक्ष (महिला) मा दुर्गा तिवारी, महासचिवमा अजय कुमार साह, सचिवमा प्रेमभक्त रेग्मी र कोषाध्यक्षमा पुष्पा शर्मा पौडेल रहेका छन् ।
त्यसैगरी, सदस्यहरुमा सरस्वती तिवारी, राजेश बागचन्द, मोहसिन अलिमिया, दुर्गा परियार, श्रवण देउवासँगै सदस्य नजबुल खान (कोशी प्र.संयोजक), लव देव ढुंगाना (कोशी प्र. खुल्ला), अजय साह (मधेश प्रदेश संयोजक), संतोष पाण्डे (मधेश प्रदेश खुल्ला), गुलाब कुमार चौधरी (बागमति प्रदेश संयोजक), राजकुमार कार्की (बागमति प्रदेश खुल्ला), यदुनाथ बञ्जाडा (गण्डकी प्रदेश संयोजक), शिवराज बास्ताकोटी (गण्डकी प्रदेश खुल्ला), हेमन्त कर्माचार्य (लुम्बिनी प्रदेश संयोजक), खगेन्द्र भट्टराई (कर्णाली प्रदेश संयोजक), राजु लामिछाने (कर्णाली प्रदेश खुल्ला), डि. वि बिष्ट (सुदूरपश्चिम प्रदेश खुल्ला), पूर्ण प्रसाद मिश्र (उपत्यका प्रदेश संयोजक) र भिम लामा (उपत्यका प्रदेश खुल्ला) रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया